भद्रपुर । ट्याक्टरको डिकीबाट एकलाख नगद चोरेर फरार एकसहित पाँचजना दुले चोरलाइ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले भारत आशाम घर भई भद्रपुर ६ सुभान ट्याक्टर ग्यारेजमा काम गर्दै आएका १५ वर्षिय सोनी शर्मालाइ नगदसहित पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार साँझ भद्रपुरबाट पृथीवीनगर तर्फ जादै गरेको सोही वडाका लक्ष्मण महतोले चलाएको मे १ त ४३२२ नम्बरको ट्याक्टरमा जादै गरेका शर्माले चालक सौचालय गएको मौका पारेर डिकीमा रहेको एकलाख रकम चोरेर फरार भएका थिए । सौचालयबाट चालक आउदा शर्मालाइ नदेखेपछि शङ्का लागेर डिकी हेर्दा रकम नभएको चालकले बताएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जनाए । घटनापछि खटिएको प्रहरी गस्ती टोलीले रातीनै सोही ग्यारेजमा फेला पारी चेकजाँच गर्दा साढे पाँचहजार र वयानका आधारमा बाँकी रकम वडा नम्बर ६ स्थित बोक्ताबारीमा परालको कुन्यूमा लुकाइएको अवस्थामा बरामद गरिएको इन्सपेक्टर जबेगूले बताए । मानिस र बरामद रकमसहित आवश्यक कारबाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय झापा पठाइएको उनले जनाए ।
पसल चोरी गर्ने चारजना किशोर पक्राउ पसल चोरी गरेको सामानसहित चारजनालाइ प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ६ का मदन साफी र ममता श्रेष्ठको किराना पसल चोरी गरेको निवेदनको आधारमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरीले शुक्रबार राती र शनिबार बिहान भद्रपुर जनता चोकबाट पक्राउ गरिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए ।
पक्राउ पर्नेमा भद्रपुर ८ का १४ वर्षिय मनिष लिम्बू, वर्ष १५ को सोमलाल मर्डी , वडा नम्बर ३ का १९ वर्षिय भक्ति रोक्का र वडा नम्बर ९ का १७ वर्षिय राजेश टूडू रहेको उनले जानकारी दिए । उनिहरुको साथबाट प्रहरीले चुरोट, साबुन, स्याम्फू,चाउचाउ,केही नगद लगायतका सामान बरामद गरिएको उनले जानकारी दिए । पक्राउ परेका मानिस र समानसहित शनिबार जिल्ला प्रहरी कार्यालय पठाइएको उनले जनाए ।
बिहीबार राती चन्द्रगढी बजारमा रहेका पाँचओटा पसल चोरीको घटनाको विषयमा पनि उनिहरुमाथि अनुसन्धान भइरहेको डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । प्र्रहरी कार्यालय नजिकै रहेको चन्द्रगढी व्यस्त बजारमा एकैरात चोरी भएपछि प्रहरीलाइ चुनौती बढेको छ । चाड–पर्व आउदै गर्दा चोरीका घटना बढ्दै गएको यसअघिका घटनाले पनि पुष्टि गरेको स्थानीय बताउँछन् ।