पथरीशनिश्चरे । नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग वाणिज्य संघको भवन निर्माणमा सहयोग पुर्याउनु वताएकी छन् ।
राणाले वाणिज्य संघका पदाधिकारीहरुसंगको शनिवारको भेटघाटका क्रममा संघले जग्गा खरिद गरेर भवन निर्माणको योजना बनाएकोप्रति खुसी व्यक्त गर्दै महासंघले पनि त्यसमा सहयोग पुर्याउने वचन दिएकी हुन् । भेटघाटमा, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संघको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
उर्लावारी उद्योग वाणिज्य संघको साधारणसभामा आउने क्रममा भएको भेटघाटमा राणाका साथै महासंघका चण्डीराज ढकाल, महासंघका १ नम्वर प्रदेशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत सहितको टोली सहभागि थियो ।
स्थापना भएको ३२ बर्षपछि संघले आफ्नो कार्यालय भवन निर्माणका लागि
वडा नम्वर २ को सृजना चौकमा रहेको सिनभिलेज पार्टी प्यालेस नजिकै ५३ लाखमा ३ कठ्ठा जमिन खरिद गरेको छ । पथरीको नर्वदेश्वर शिवालय मन्दिर परिसरको भवनमा बस्दै आएको संघको कार्यालयका लागि त्यहाँ जग्गा माग भएपनि विवाद बढिरहेर जग्गा व्यवस्थापन हुन सकेको थिएन । वर्तमान कार्यसमितिले सहयोग जुटाएर संघको गरिमालाई कामय राख्दै व्यवस्थित कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको अध्यक्ष वस्नेतले उल्लेख गरे । उनले अव सहयोग जुटाएर भवन निर्माण थााल्ने लक्ष्य रहेको योजना सुनाए । संघको कार्य समिति, नगरपालिका र ब्यवसायीहरुको स्वतःस्फुुर्त सहयोगमा रकम सङकलन गरेर भवन निर्माणका लागि जग्गा खरिद गरिएको संघले जनाएको छ ।
२०४३ सालमा व्यापार प्रवन्ध समितिका रुपमा स्थापना भएको संघ हालसम्म नर्वदेश्वर शिवालय मन्दिरको भवनमा रहेर आफ्नो कार्य गर्दै आएको थियो । संघको निर्वाचनमा आफ्नो कार्यकालमा जग्गा र भवनको व्यवस्थापन गर्ने अठोट लिएर वस्नेतको अगुवाईमा नयाँ समिति बनेको थियो ।