धरान । धरान–५ देउरालीस्थित सुन्दर बस्तीका अपाङ्गता भएका लक्ष्मीदास लिम्बूको परिवार खाद्यान्न तथा लत्ता कपडा प्रदान गरेको छ ।

धरानको अपाङ्ग पुर्नस्थापना तथा असहाय सेवा केन्द्र–नेपालले खाद्यान्न तथा कपडा वितरण गरेको हो । केन्द्रले लक्ष्मीदास र उनको परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने भएकाे छ । त्यस्तै चाडै नै लक्ष्मीदासलार्इ ह्विलचेयर र घर निर्माणका सामग्री पनि प्रदान गर्ने केन्द्रका निर्देशक सुनिल खड्काले बताएका छन् । खोलामा मजदुरी गर्ने क्रममा माटो र ढुङ्गाको ढिस्कोले पुरेपछि घाइते बनेका लक्ष्मीदास, बिगत ७–८ वर्षदेखि हिडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनको पत्निसमेत असक्त अवस्थामा छिन् । लक्ष्मीदासको परिवारलाई दैनिक गुजारा गर्नसमेत समस्या भएपछि केन्द्रले खाद्यान्न प्रदान गरेको हो । उनीहरूको दुई छोराछोरी छन् । बुबा अपाङ्ग र आमा असक्त बनेपछि अहिले २० वर्षीय छोराले घरको सबै खर्च धानिरहेका छन् ।

यसैबीच केन्द्रले सोही ठाउँका असक्त बुद्धमान श्रेष्ठलाई पनि खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेको छ । तर, उनी अनुपस्थित भएका कारण ब्लाष्ट खबरमा कार्यरत स्थानीय डम्बर कार्कीलाई जिम्मा लगाएका थिए । शारीरिक रूपमा असक्त उनी खोलामा गिटी चालेर दैनिक गर्जो टार्दै आएकामा

हाल नेपाल सरकारले बर्खाका चार महिनामा नदि जन्य बस्तुको उत्खनन लगाएको रोकका संगै उक्त चार महिना धरानका बिभिन्न स्थानमा मागेर गुजारा चलाउने गर्दछन् ।

केन्द्रले उनिहरूलार्इ केहि नगद सहित कपडा, दाल, चामल, नुन, तेल साबुनलगायतका सामग्री दिएको हो ।

https://www.youtube.com/watch?v=qxU-75nIzMk&t=3s