श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १६ गते शनिबार, १ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको षष्ठी तिथि १८ः१८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र भरणी १९ः०६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२३ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुसीयाली छाउला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय मध्यम्खालको छ । आरम्भ गरेको काममा बिघ्न बाधाहरु आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मिष्ठान्न भोजन प्रँप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्ष्ँेत्रमा तपाईंको उच्च स्थान रहला । लाभदायी यात्रामा सरिक भइएला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । घरपरिवारबाट छुट्टिएर बस्नुपर्ला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । सानो काममा ठूलै धनराशि खर्च होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वस्त्र तथा आभूषण प्रात हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धातु तथा वाहनसम्बन्धी काममा रुची बढ्नेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला । शुभसमाचार सुन्नमा आउला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् ।