श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र १९ गते मङ्गलबार, ४ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको नवमी तिथि १३ः३४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मृगाशिरा १६ः२२ बजेसम्म, उप्रान्त आद्र्रँ, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः१९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । पठन–पाठन तथा लेखनकार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अनावश्यक कामको झन्झटमा फसिएला । कार्य व्यवसायमा बिघ्न बाधा आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुची बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कामको शुभारम्भ होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तमखालको छ । आय आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । राज्यपक्ष्ँबाट विशेष सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । पारिवारिक स्वास्थ्यको उपचारमा ठूलै धनराशि खर्च होला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । कार्य व्यवसायमा समस्या आइपर्न सक्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कृषि तथा तत्जन्य कार्य–व्यवसायमा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा विशेष लाभ मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । धार्मिक यात्रामा सरिक हुने अवसर मिल्ला ।