इलाम । इलाममा सदरमुकाममा तीन वटा बम फेला परेको बमलाई डिस्पोजन गराइएको छ । इलाम नगरपालिका वार्ड नम्बर ७ नारायणस्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी साविक माओबादी केन्द्रको पुरानो पार्टी कार्यालयमा बम फेला परेको थियो । बम भेटिएको स्थानमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिएको र बमलाई सुरक्षित डिस्पोजन गराइएको छ । शकांस्पद वस्तु देखिएपश्चात जाँच गर्दा बम भएको प्रहरीले पुष्टि गरेको थियो ।
इलाम सदरमुकाममा बम फेला !
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































