युवाकविमोतीराम भट्टको १५३ औं जन्मजयन्तीकार्यक्रमधरानमा सम्पन्नभएको छ ।

मोती संस्मरण समिति धरानको ४३ औं वार्षिकोत्सवकाअवसरमा धरानउपमहानगरपालिकाको सभाकक्षमा समितिकाअध्यक्ष साहित्यकार गोविन्दतिम्सिनाको अध्यक्षतामा सम्पन्नकार्यक्रममा समितिकीउपसभापतिअम्बिकाशाक्यले स्वागतमन्तव्य राखेकीथिइन् । भाषाविद् प्राध्यापक डाक्टर टङ्कप्रसादन्यौपानेको प्रमुखआतिथ्यमा सम्पन्नउक्तकार्यक्रममा साहित्यकार युवाकविमोतीराम भट्टको योगदानमाथि परिचर्चा गरिएको थियो । कार्यक्रममाप्रा.डा.गोपालप्रसाद भण्डारी र प्रा.डा. भीमप्रसाद खतिवडाले मोतीरामको साहित्यिक योगदानमाथिचर्चा गर्नुभएको थियो । तीस वर्षको कलिलो उमेरमामृत्युवरण गर्न पुगेकाकविमोतीरामले नेपाली साहित्यमा समस्यापूर्ति कविताको सुरुवात गरेकाथिएभने आदिकविभानुभक्तआचार्यलाई जनमानसमाचिनाउने कामसमेतउनले नै गरेकाथिए । त्यस्तै नेपालीकवितालाई शृङ्गारिक भावकाआधारमा अघि बढाउने कामपनिमोतीरामले नै गरेको कुरा वक्ताहरूले प्रष्ट पारेकाथिए । कार्यक्रममा डा.महानन्दतिमिल्सिना र साहित्यकार भरतमणि भट्टराई सेर्नालीलगायतले समस्यापूर्ति कविता सुनाएकाथिएभने सोहीअवसरमा साहित्यकारहरू ग्रीष्मन्यौपाने, इन्दु योञ्जन, गिरिराजआचार्य, लम्जेल सङ्घर्षशील, जनार्दन वस्ती, रामप्रसादअधिकारी, हिक्मत खड्का, नवराज मैनाली, प्रफुल्ल भण्डारीलगायतले कवितातथागजल सुनाएकाथिए । नगरपालिकाले मोतीराम भट्टको सालिकलाई एउटा स्टोर कोठामा बन्दीबनाएकामावक्ताहरूले आपत्तिजनाउँदै आउँदादिनमानगरपालिकाले मोती संस्मरण समितिकानाममापूर्व सहमतिअनुसार एउटा कार्यक्रमहलउपलब्ध गराउनुपर्ने विषय उठाएका थिए । नेपलीशिक्षा परिषद् काठमाडौंले यस वर्ष मोतीजयन्तीकाअवसरमाकविहरूलाई ‘सम्पन्नहोस् देश यो’ शीर्षकमा समस्यापूर्ति कविता लेख्न अनुरोध गरेअनुसार सहभागीकविहरूले यस शीर्षकमापनिकविता सुनाएकाथिए ।

उक्तकार्यक्रमको सञ्चालन समितिका सचिव सुदीपपाख्रिनले गरेका थिए ।