ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्ना नगरक्षेत्रका महिलाहरुलाई लक्षित गरेर हरितालिका तिज बिषेश कार्यक्रम सम्पन्न गरेको छ ।आज मंगलबार वडा नं ५ स्थित विरेन्द्र चौकमा विभिद कार्यक्रम गर्दै हरितालिका तिज मनाएको हो । कार्यक्रममा नगर भित्रका आमा तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

उनिहरुले एक दर्जन बढी तिजका गितहरुमा छमछमी नाचेर हरितालिका तिज मनाएका छन् । साथै उक्त कार्यक्रमाशुभकामना आदान प्रदान सँगै विभीन्न महिला समूहहरुले तिज गितमा नृत्य, गित तथा गजल प्रस्तुत गरेका थिए । तिज कै अवशरमा चेतनामुलक मातृ स्वास्थ्य तथा बालबालिका पोषण सम्बन्धि प्रश्न उत्तरका कार्यक्रम समेत सञ्चालन गरिएको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलले बताए ।

यता नगरपालिका नै आयोजक भएर तिजको कार्यक्रम आयोजना गर्नुले भने अन्य जातजातिको संस्कृतिक तथा धार्मीक कार्यक्रममा पनि नगरपालिकाको भुमीका कस्तो रहने छ भन्ने विषयमा प्रश्न चिन्ह् खडा भएको छ । यसै विषयमा प्रमुख प्रशासकिय अधिकृत श्रवण कुमार पोख्रेललाई जिज्ञासा राख्दा यो नगरपालिकाको कर्तव्य भएको बताए । पोख्रेलका अनुसार नगरपालिकाले विभिन्न धार्मीक तथा साँस्कृतिक पर्वहरुमा आयोजना गरिने साँस्कृतिक उत्सव तथा महोत्सवका लागि बजेटको व्यवस्था गरिएको र सोहि बजेटको आधारमा तिजको कार्यक्रमको आयोजना गरेको हो ।

“नगर भित्र बसोबास गर्ने सबै जातजातीको धार्मीक तथा साँस्कृतिक महत्व बाेकेका पर्वहरुको संरक्षण र सर्वद्धन गर्ने स्थानिय सरकारको र्कतव्य हो ।,” प्रशाशकिय अधिकृत पोख्रेलले भने “त्यसैले यो कार्यक्रमको आयोजना गरेका हौँ । यो नियम कानुन संगत छ ।” कार्यक्रम आयोजना गर्नको लागि नगरले मञ्च निमार्ण लगायतका कार्यमा सहयोग गरेको बताईएको छ ।

“नगरले यति नै सहयोग गर्ने भन्ने निर्णय भएको छैन् । पोहोर सालको कार्यक्रममा ७० हजार रुपयाँ सहयोग गरेका थियौँ, यस वर्ष पनि त्यो भन्दा बढि चाहिँ नबनाउनु भनेका छौँ, । त्यसकै हाराहारीमा हुन सक्ला,।” प्रशासकिय अधिकृत पोख्रेलले भने । नगरपालिकाले स्थानिय संस्कार संस्कृति अनुसारको मेला, पर्व, उत्सव, महोत्सव लगायतका नगरपालिका भित्र आयोजना गरिने कार्यक्रमका लागि ८ लाख रुपयाँ बजेट विनियोजन गरेको छ ।

यसैविच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले भर्खरै मात्र सम्पन्न नेवार जातिहरुको लाखेजात्रा पर्वको अवशरमा आयोजना गरिएको फुटवल प्रतियोगिता पनि नगरपालिकाले २ लाख सहयोग गरेको बताए । “हामीले लाखेजात्राको अवशरमा आयोजना गरिएको फुटबल प्रतियोगितामा पनि २ लाख सहयोग गरेका छौँ, हामी सबै साँस्कृतिक कार्यहरुमा सहयोग गछौँ, तर त्यो कार्यक्रम नगर सरकार स्तरिय हुनपर्यो, ।” नगर प्रमुख प्याकुरेलले थपे, “तर ति संस्थाहरु हाम्रो नगर सरकारमा दर्ता भएको हुनुपर्छ ।, उनीहरुले नगरमा बकैदा कर तिर्नुपर्छ अनिमात्रै हामी सहयोग गछौँ।” नगर प्रमुख प्याकुरेलले यो तिजको कार्यक्रम सांस्कृतिक मात्र नभई नगर क्षेत्रका सम्पूर्ण महिला दिदी बहिनीलाई सम्मान स्वरुप गरेको बताए । यो कार्यक्रमको लागि फुङलिङ नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको अगुवाईमा भएको भएपनि आयोजकमा फुङलिङ नगरपालिका राखिएको वताईएको छ । कार्यक्रमको संयोजक फुनपा वडा नं ५ कि वडाध्यक्ष भिमादेवि ओझालाई तोकिएको थियो ।