श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २८ गते बिहीबार, १३ सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको चतुर्थी  तिथि १७ः५३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र चित्रा २८ः५५ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः१० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) काम गर्ने जोश, जा“गर र हिम्मत बढ्नेछ । नया“ कार्यको थालनी होला । साथीभाइको घतलाग्दो सहयोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) राजनीतिक कार्यमा सफलता प्राप्त होला । नया“–नया“ कामको योजना बन्लान् । मन प्रसन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धातु तथा तत्जन्य व्यापार–व्यवसायमा राम्रै आम्दानी होला । नियमित कार्यहरू असहज बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्राध्यापक तथा कर्मचारीका लागि आजको दिन त्यति राम्रो देखि“दैन । आप्mनो क्षेत्रमा क्रमशः विफल र कमजोर भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विलासी तथा मनोरञ्जनका वस्तुको खरिद बिक्री बढेर जाला । आमाको स्वास्थ्यमा समस्या आइपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पशुचौपाया तथा कृषिसम्बन्धी व्यापार व्यवसाय फस्टाएर जाला । अनुशासित भई कार्य गरे सम्पूर्ण कार्यमा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउ“मा धन खर्च होला । अधिकार प्राप्तिको लागि सङ्घर्ष चल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्रका कार्यमा केही समस्या देखा पर्नेछ । छोटो तथा रमाइलो यात्राको योग देखिन्छ । अप्रिय समाचार सुनिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्धमा केही अप्रिय खबर सुन्नुपर्ला । मन खिन्न होला । पशु चौपायाबाट भने राम्रै आम्दानी होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कार्य सम्पादनमा समस्या आइपर्ला । मन खिन्न होला । राजनीतिमा भने केही सफलता मिल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रतिष्ठित व्यक्तिहरूस“गको भेटघाटले मन सामाजिक कार्यमा लाग्ने देखिन्छ । पारिवारिक समस्याले निकै सताउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरमा अतिथिको सत्कार गर्न पाइएला । साथीभाइबाट सहयोग मिल्ने देखिन्छ । नया“ ज्ञान सिक्न पाइएला ।