धरान/अन्तर्राष्ट्रिय प्राथमिक उपचार सप्ताहको अवसर पारेर रोट्र्याक्ट क्लब अफ धरान घोपाले बुधबार धरानस्थित डिपो माध्यमिक विद्यालयमा प्राथमिक उपचारसम्बन्धी तालिम दिएको छ ।
साप्ताहव्यापी कार्यक्रमअनुसार विद्यार्थीलाई तालिम दिइएको रोट्र्याक क्लब आफ धरान घोपाकी कार्यक्रम संयोजक प्रियङ्का ठकुरीले जानकारी दिइन् । उनले पुनर्जीवन केन्द्रहरूमा पनि प्राथमिक उपचार र यसको महत्वको बारेमा जानकारी दिइने बताइन् । तालिमसँगसँगै विद्यार्थीहरूलाई प्राथमिक उपचारका बारेमा जानकारी पनि दिइएको रोक्ट्र्याक्ट क्लब अफ धरान घोपाकी जनसम्पर्क प्रमुख सिर्जना मैनालीले जानकारी दिइन् । तालिममा घाउको उपचार, रगत बग्ने समस्याको रोकथाम, हड्डी भाँचिएको वा मर्किएको, मेरुदण्ड भाँचिएको, नाक, कान, आँखाको चोटपटक, कुकुर तथा सर्पको टोकाइजस्ता विषयमा जानकारी गराउँदै प्रयोगात्मक विधिबाट तालिम दिइएको मैनालीले बताइन् ।
प्राथमिक स्वास्थ्य सम्बन्धी तालिम इरु प्याकुरेल, प्रियाङ्का ठकुरी, प्रतीक्षा तिवारी र शारदा धितालले दिएका थिए । फोटो छ ।