ब्लाष्टखबर । राम्रोसँग आँखासमेत देख्न नसक्ने  ७० वर्षीय वृद्धालाई बलात्कृत भएकाे  उनका आफन्तले दावी गरेका छन् । । पोखरा महानगरपालिका वडा नम्बर ३१ की  वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।