मधुमल्ला । धर्म र संस्कृतीको खानी मानिएको हाम्रो देशमा आफ्नोे मुल भाषा भनिएको संकृतभाषा  भने संस्कृत भने लोप हुँदै गएको छ । बहुभाषा र बहु संकृतीले भरिएको नेपालमा पछिल्लो समय बिदेशी भाषा र संकृतीको सिको गर्ने क्रम ह्वात्तै बढेको छ । तर मोरङको रातुवाभाई नगर पालिका वडा नं. ९ मा नेपाली मुलभाषा संस्कृलाई जर्गेना गर्ने उद्धेश्यले  राधा कृष्ण मन्दिर इटहराले भिमेश्वर राधा कृष्ण बेद विद्यालय संचालन गरी संकृत भाषा पढन पाठन गराई रहेको छ ।

हाल सो बेध विद्यालयमा ४० जना छात्रहरुले संस्कृत अध्ययन गरीरहेको बेद विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम अधिकारीले बताए । धर्म, कर्म, बिवाह, ब्रतबन्ध समेत गर्न राम्रो संस्कृत जान्ने मानिस अभाव दिनानु दिन बढ्दै गएको अधिकारी बताउँछन । सो संकृत अध्ययन हुने बेद विद्यालयलाई हाल सम्म स्थानीय सरकार र केन्द्रिय सरकारको भने नजर पुग्न सकेको छैन । हाल सो विद्यालयलाई महर्सि फाउण्डेशन नेपालको सहयोगमा खाद्यन्न् लगायत पाठ्य सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

महर्षी फाउण्डेसन द्वारा संचालित विद्यापिठ अहिले आएर आर्थिक, भौतिक र सामाजिक रुपले चपेटामा परेको छ । स्थानिय श्रोत र मुठीदान बाट संचालित विद्यापिठ मा ब्यबस्थित कक्षा कोठा, छात्रबास, खाने पानी , कम्पाउड  घेराबार लगायतको समस्या रहको शिक्षक डिल्लीराम अधिकारीले बताए ।

गुरुकुल सम्बन्धी चेतनाको अभाबका कारण संस्थागत विकाशमा समेत समस्या आएको शिक्षक अधिकारीले बताए । विज्ञान र अध्यात्मीक ज्ञान एक अर्कामा परिपुरक भएकाले भावी योजनामा विज्ञान र अध्यात्मीक ज्ञानलाई अगडी बढाउने विद्यापिठको योजना छ । स्थानिय निकायले पनि यसलाई चासो लिएर सहयोग गरे धर्म, संकृती र कर्मकाण्डको कार्यलाई निरन्तरता दिन सहज हुने स्थानीय प्रेम बास्तोला बताउँछन ।