पानवारी । धरान–१३ का सबिर घिसिङले घरमा पालेको लोकल कुखुराले निकै सानो अण्डा पारेको छ । गिनिज वल्र्ड रेकर्डमा उल्लेख गरेको कुखुराको सबैभन्दा सानो अण्डा २.१ सेन्टिमिटर लामो र ३.४६ ग्राम तौल भएको छ । तर धरानका घिसिङले पालेको कुखुराले पारेको अण्डाको तौल २.४१ ग्राम र १.७ सेमि लम्बाइको मात्र छ ।

घिसिङले पालेको कुखुरा ५ महिना पुगेको छ भने स–साना २ वटा अण्डा पारेर कुखुराले अण्डा पार्न छोडेको छ । घिसिङले घरमा २÷४ वटा कुखुरा पाल्ने गरेको र यस अघि पनि एउटा कुखुराले सानो अण्डा पारेको स्मरण गर्दै घिसिङले भने अहिले चाही धेरै सानो पारेको छ । गिनिज वल्ड रेकर्डमा रहेको अण्डा भन्दा सानो अण्डा उनको कुखुराले पारेको भएपनि कसरी गिनिज वल्ड रेकर्डमा रेकर्ड गराउने भनेर आफुलाई केही थाहा नभएको घिसिङले बताए ।