भद्रपुर । पसलमा जडान गरेको सटर झरेर भद्रपुरमा एक व्यत्तिको ज्यान गएको छ । भद्रपुर–६का ४१ वर्षिय निर्मल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गिरी चोकमा रहेको पसल बन्द गर्नेक्रममा शुक्रबार साँझ ७ बजे सटर झरेर चौधरी गम्भिर घाइते भएका थिए । घाइतेको उपचारको क्रममा विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।