रङ्गेली । नेपालीको भान्साको मुख्य तरकारी आलु चाडपर्वको मुखमा माग बढे सँगै व्यापारीहरुले भाउ कस्न थालेका छन् । तिन महिना अघि सम्म ३० रुपैया प्रतिकिलोमा पाइने आलु अहिले ७० नागेको छ । तिन महिनामा आलुको मुल्य ६० प्रतिसतले बढेको हो । भारतिय आलु सस्तो भए पनि गुलियो बढी हुन्छ । जसका कारण भुटाङ्गे आलुका उपभाक्ता बढे सँगै व्यापारीहरुले भाउ कस्ने मौका पाएका हुन । भुटानबाट आउने रातो आलु विराटनगरका बजारमा ७० रुपैयाँ किलो विक्रि भइरहेको छ । भुटानमा प्रतिकेजी ४० रुपैयामा पाइने रातो आलु विराटनगर आइपुग्दा लागत ५० पुग्छ । होलसेल आलु व्यापारीले प्रतिकेजी १० रुपैयाँ नाफा खाएर भुटाङ्गे रातो आलु बेचने गरेको आलुका होल्सेल व्यापारी पशुपति भगतले बताए । त्यस माथि खुद्रा व्यापारीले पनि १० रुपैया नै नाफा राखेको बेच्दा उपोक्ताको ढाड सेकिने गरेको छ । व्यापारी पशुपति भगत भुटानबाट आयाता भइरहेको रातो आलुको माग अत्याधिक रहेकोले ३ महिनाको अवधिमा ३० रुपैयाँ प्रतिकिलोको आलु ७० पुगेको बताउछन् । भुटानबाट आलु ल्याउन झन्जटिलो भएको कारणले पनि भाउ बढेको उनी तर्क गर्छन । भुटानको उद्योग व्यापार सघको सदस्यता प्राप्त गरे पछि मात्रै आलुु खरिद गर्न सक्ने प्रावधान रहेको उनले बताए । भुटानबाट प्रत्येक दिन नेपालमा २ सय टन भन्दा बढी आलु आयात भइरहेको छ । भारतमा ठूलो परिमाणमा भुटाङ्गे आलु खपत छ । आलु व्यापारी भगतका अनुसार भुटानले एक सिजनमा ५ अर्ब भन्दा बढीको आलु विक्रि गर्ने गरेको छ । २७–२८ रुपैयामा भारतीय रातो आलु पाए पनि गुलीयो हुने भएकोले नेपाली उपभोक्तहरु मनपराउ दैनन ।बजारमा देखिने नयाँ रातो आलु भुटानको उत्पादन हो । जसलाई यहाँका उपभोक्ताले रुचाएकै कारण व्यापारीले भाउ कस्न पाएका हुन ।