भद्रपुर । पसलको सटर मर्मत गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६भानुनगरका अन्दाजी ४१ वर्षीय निर्मल चौधरी रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर गिरीचोकमा रहेको लक्ष्मी घिमिरेले भाडामा दिएको आचार्य इन्टरप्राइजेजको सटर मर्मत गर्ने क्रममा सटर बेर्ने फलामे रड झरेर टाउको लाग्दा चौधरीको मृत्यु भएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जनाए । शुक्रबार साँझ पसल बन्द गर्न खोज्दा सटर नझरेपछि चौधरीे सटर मर्मत गर्न आएका थिए । घटनापछि घाइतेको उपचारको क्रममा केहीसमय पश्चात विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।