रङ्गेली । विराटनगर स्थित नोबेल मेडीकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी सौरभ उप्रेतिको मृत्युलाई मोरङ प्रहरीले आत्मा हत्या करार गराउन खोजेको भन्दै आफन्त आक्रोसित बनेका छन् । बारा कोल्भी नगरपालीका –८ का उप्रेति साउन १६ गते सुतेकै स्थानमा मृत फेला पारेका थिए । उप्रेतिको मृत्युलाई प्रहरीले रहस्यमय बनाउदै लगेको भन्दै उनका आफ्नतले प्रहरीको आलोचना गरेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ अगाडी मृतकका आफन्तले निष्पक्ष छानविनको माग गर्दै २ घण्टा सम्म धनाए दिएका थिए । श्री कृष्ण युवा परिषदको नेतृत्वमा आएका आफन्तहरुले जिल्ला प्रहरीकार्यलय मोरङका डिएसपी घनश्याम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै निष्पक्ष छानविनको माग गरेका हुन । सँगै अध्ययन गर्ने र विगत ५ बर्ष देखि अलग–अलग कोठामा एउटै घरमा बस्दै आएका सौरभका दुई साथि माथि पनि उनीहरुले आशका गरेका छन् ।उनले अध्ययन गरिरहेको नोवेल मेडिकल कलेजले प्रति पनि आफन्तले शंका गरेका छन । हत्या भएको दाबी गर्दै अभियुक्तलाई यथाशिघ्र पक्राउ गर्न की बहिनी सोनु उप्रेतिले माग गरीन । साउन १६ मा मृत फेला पारेका उप्रेतको घाँटीमा ल्यापटप चार्ज गर्ने तार बेरिएको भेटिएको थियो । मृतकका आफ्न्त तार बेरिए भएको मृत्युलाई मान्न नसकिने भन्दै आएका छन् । प्रहरीले दबाबमा परेर हत्यालाई आत्माहत्या बनउन खोजेको मृतकका फुपुका छोरा उदय सापकोटाले बताए । ‘एउटै कोठामा बसेका अन्य दुई विद्यार्थी र घर धनीलाई थाहा छ तर, उनिहरु घटनाको रहस्य खोल्न चाहादैनन ।’सपकोटाले भने ‘प्रहरीले गहिरिएर अनुसन्धान गर्यो भने अधियुक्त पत्तालाग्छ ।’ पिडितले जिल्ला प्रहरी कार्यलय मोरङमा शुक्रबार कुबेरसिंह थापाको नाममा किटानी जाहेरी दर्ता गरेका छन ।
सौरबको हत्या भएको दाबी गर्दै अभियुक्तलाई यथाशिघ्र पक्राउ गर्न मागसहित पटक–पटक प्रदर्शन समेत भएका छन । सैरभको रहस्यमय मृत्युको अनुसन्धान गरिरहेको मोरङ प्रहरी भने आत्माहत्या गरेको भन्ने निचोडमा पुगेको छ । पोष्टमार्टम रिपोर्ट र स्थलगत अध्ययनको अधारमा घटनाले आत्माहत्याको संकेत गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले बताए । सुत्ने कोठामा दुई वटा ढोका छन । सौरबले एउटा ढोका लगाए पनी अर्काे ढोका सधै खुल्लै छोड्ेने गरेका थिए । त्यहि खुल्ला ढोकाबाट अज्ञात व्यक्तीहरुको समुह प्रवेश गरेर हत्या गरेको हुन सक्ने आफन्तको दावि छ । त्यसरात साथिहरु कुबेर सिंह थापा र सत्रुधन यादव सँग १ बजे राती सम्म पढेका थिए । त्यसपछी र कुबेर एउटै कोठामा सुतेका थिए । तर बिहान उठ्दा सौरब मृत अवस्थामा थिए । सौरभका आफन्त,प्रहरी कसैलाई खबर नगरि उनलाई नोबेल अस्पताल पुर्याइएको थियो ।