बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी अस्पतामा एकजना बच्चाको उपचारका क्रममा शनिबार ज्यान गएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । नाक बन्द भएर उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याएका बिर्तामोड नगरपालिका ७ का तीन महिने बालक अर्मन लिम्बुको गलत उपचारका कारण मृत्यू भएको आरोप पीडित परिवारले लगाएका हुन् । सामान्य अवस्थामा रहेका बालक लिम्बुलाई शुक्रबार नाक बन्द भएर आमाको दुध चुस्न असहज भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याईएको थियो । अस्पतालमा पु¥याउनसाथ बाफ दिएर नाक खुल्ला गरी सामान्य अवस्थामा फर्किएका बालकलाई शनिवार अस्पतालमा कार्यरत नर्सले सुई लगाएपछि छटपटाएर मृत्यू भएको बच्चाको परिवारको दाबी रहेको छ । ‘पहिले ल्याउँदा नाक बन्द भएको थियो, बाफ दिएपछि अलिक ठिक भएको बच्चालाई शनिवार विहान सिस्टरले सुई लगाएपछि अवस्था असहज भयो, नातामा मृतक बालककी दिदी पर्ने अस्मिता लिम्बुले भनिन् – डाक्टर बोलाईदिनु बच्चालाई साह्रो भयो भन्दा पनी नबोलाएपछि यस्तो भयो ।’ उनका अनुसार समयमा चिकित्सक आएको भए बच्चाको यो अबस्था हुनेथिएन ।
बच्चा छटपटाएपछि आईसियूमा राखि डाक्टरले उपचार गरेपनि शनिबार दिउसो बच्चाको मृत्यू भएको उनका आफन्तले बताएका छन् । बच्चालाई शनिवार दिउँसो १ बजे चिकित्सकले मृत्यू भएको घोषणा गरेका थिए । बच्चालाई असहज भएपछि मनोसेल्फ २५० एमजीको इन्जेक्सन दिएको उपचारमा संलग्न डाक्टर अनिल रेग्मीले बताएका छन् ।
‘इन्जेक्सन दिनसाथ बच्चाले छटफटाएर दिसापिसाव ग¥यो, बच्चाका छिमेकी कृष्ण लिम्बूले भने – डाक्टर बोलाइदिनु भन्दा नर्सले बाहिर लगेर घुमाउनु भनिछन्, यो अस्पतालको गम्भिर लापरबाहिका कारण बच्चाको ज्यान गएको हो ।’ उनका अनुसार बच्चालाई निक्कै गाह्रो भएको भन्दा पनि डाक्टर बोलाउन चासो दिएनन् ।
समस्या भएको ४५ मिनेटपछि डाक्टर आएको परिवारको भनाई छ । यता उपचारमा संलग्न डा. रामभक्त सुवेदीले भने खबर भएको ५ मिनेट मै आफु उपस्थित भएको प्रतिकृया दिएका छन् । उनले बच्चाको स्वासप्रश्वासमा सुरुवात देखिनै समस्या भएको र थुक, ¥याल सर्किएर पनि यस्तो अवस्था भएको हुनसक्ने बताए । ‘सुई ठिकै लगाएको हो तर बच्चा तन्किदा, फर्किदा, सास तान्दा सकिएको हुन सक्छ ।’ उनले भने । अस्पतालमा उपलब्ध सुविधा प्रयोग गरेर उपचार गर्दा पनि बच्चालाई बचाउन नसकिएको चिकित्सकहरुको तर्क छ ।