पथरी । मोरङको कानेपोखरी–रंगेली खडक खण्ड अन्तरगत कानेपोखरी–२, स्थीत कालिस्थान चौकमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो १ः३० बजे रंगेलीबाट यात्रु बोकेर कानेपोखरी तर्फ जार्दै गरेको को १ ख ३०१६ नम्बरको बस टिफर सँग ओभर टेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटना परी गम्भिर घाइते भएको कानेपोखरी –२,का गोबिन्द बहादुर खत्रीलाई बिराटनगर स्थीत लाईफ गार्ड हस्पिटल बिराटनगर रिफर गरिएको रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्कीले बताए । दुर्घटनामा घाइते हुनेहरुमा झापा सताशी धाम नगरपालिका ४ बस्ने सोल्मा टुडु,उर्लाबारी–८,बस्ने कमला भण्डारी,कानेपोखरी–४, बस्ने कात्र्तिकलाल राजवंशी र बैशाकी रावंशी,कानेपोखरी–२, बस्ने खडक सिंह राना,भरतलाल चौधरी,दिपिका चौधरी,बसन्ती राना, र अनिता राजवंशी,झापा तोपगाछी बस्ने बंगाल मुरमु, सुन्दरहरैचा १० बस्ने हरिमाया गिरी र बुद्धीमाया गिरी रहेका छन् । उनिहरुको खुट्टा भाचिएको, हात,छाती,ढाड र टाउँकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताए । घटना पच्छात रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्की र वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी रमाइलो डायग्नोष्टिक सेन्टरमा गएर घाइतेहरुको जाँचबुझ गरेका थिए । घाइते हुने सबैजनालाई कानेपोखरी–६, स्थीत रमाइलो डायग्नोष्टिक सेन्टरमा उपचार उपचार पछि केही घर र्फके भने केही उपचार भैरहेको छ । घटना पश्चात चालक र सहचालक भने फरार रहेको प्रहरीले बताएका छन् । खुल्ला सडकमा बस ओभर टेक गर्ने क्रममा दाहीने पटी गएर बसको अगाडीको भाग सडक देखि पैनीमा जोतिएको बडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । बस धन्ना जोतिएको छ । पल्टीएको भए ठुलो क्षती हुने थियो, ठुलो क्षति हुनबाट जोगिएको अध्यक्ष बुढाथोकीले बताए ।