इटहरी । एक नम्बर प्रदेशको संसदमा प्रदेशको राजधानीको विषयमा बहष सुरु भए सँगै इटहरीका अगुवाहरुले इटहरी राजधानी दावी गरेका छन । इटहरीलाई प्रदेशको राजधानी नबनाए चुप लागेर नबस्ने चेतवनी समेत दिएका छन । सिमा क्षेत्र असुरक्षित हुने भन्दै इटहरीबासीले इटहरीलाई नै राजधानी बनाउँनु पर्ने तर्क गरेका हुन । सयुक्त भूपू शैनिक संघका प्रदेश अध्यक्ष किशोर कुमार राईले इटहरीलाई प्रदेशको राजधानी बनाउँनुको विकल्प नरहेको बताएका छन । प्रदेश एककै प्रमुख केन्द्रलाई बाहेस गरेर अन्यत्र राजधानी बनाए इटहरीबासी चुप लागेर नबस्ने चेतवनी दिएका हुन । सिमा क्षेत्रको एउटा कुनामा लगेर प्रदेशको राजधानी थन्काउँन नहुने भन्दै इटहरीको विकल्प नखोज्न प्रदेश सरकारलाई चेतवनी दिएका हुन । इटहरीका नेकपाका युवा नेता सचिन नेपालले प्रदेशको राजधानी इटहरी भन्दा अन्य शहर उपयुक्त नहुने उनको दाबी छ । सुगमता ,सडक सञ्जाल ,समावेसिता र सुरक्षाका कारण पनि इटहरी राजधानी हुनु पर्छ । संघियताले नयाँ ठाउँ खोज्छ त्यस कारण पनि इटहरी उदाउँदो शहर हो यही राजधानी हुनु पर्छ । इटहरी जस्तो १४ जिल्लालाई समेट्ने शहरलाई प्रदेशको राजधानी नबनाए हामी चुप लागेर बस्दैनौ उनी भन्छन् । इटहरीलाई राजधानीको विषयमा उत्तरी मोरङका पत्रकार ध्रुब ढकालले इटहरीलाई राजधानी बनाउँनुको विकल्प नभएको बताए । मोरङको गोठगाउँमा राजधानी बनाउँन नमाने पछि इटहरीलाई नै प्रदेशको राजधानी बनाउँनु पर्ने उनको तर्क छ । सिमा क्षेत्रमा राजधानी राख्दा प्रदेश सरकार नै असुरक्षित हुने संकेत देखियो उनले भने । विराटनगर उपयुक्त ठाउँ नभएको भने हैन तर सिमाको कारण राजधानी उपयुक्त छैन उनी भन्छन् । तरुण दलका सुनसरी सचिब तथा युवा नेता मिलन त्रितालले तिब्र रुपमा दिनप्रतिदिन फैलदो शहर इटहरी प्रदेश नं १ को उदयमान शहर हो । प्रशस्त सरकारी जमिन,यथेष्ट भौतिक पुर्वाधार र सुरक्षाको हिसावले समेत अत्यन्त सुरक्षित शहर इटहरी राजधानी हुनु पर्छ । हाल राजधानीका लागि दाबेदार शहरहरु मध्ये स्रोत साधन र सिद्धान्तका हिसाबले समेत ईटहरी राजधानी बन्नका लागि पहिलो दाबेदार हो त्यस कारण इटहरी राजधानी हुनु पर्छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदिप गिरीले काग्रेसको सभामा भनेका थिए इटहरी प्रदेशको राजधानी उपयुक्त हुन्छ । प्रदेश एकको गाउँपालिका महासंघको भेलाले प्रदेश एकको राजधानी इटहरी उपयुक्त हुन्छ भन्ने निश्कर्ष निकालियो । त्यस्तै प्रधानमन्त्री केपी ओलीले प्रदेशको राजधानीको बिषयमा विराटनगर अस्तब्यस्त,धरान खुम्चियो इटहरी राजधानी हुनु पर्छ भन्ने तर्क राखेका थिए । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बोलेको त्यो भिडियो अहिले भाईरल भएको छ ।
इटहरीका सांसदको चर्को लविङ सुनसरीको सिमावती क्षेत्रमा भारतिय पक्षले खुर्सिद आलमको हत्या भए सँगै प्रदेशको राजधानीको सिमा क्षेत्रमा हुनु हुदैन भन्दै तर्क हुन थालेको छ । सत्तापक्षीय सांसद सर्वध्वज सावाँ देखि निलम बस्नेत सम्मका नेताहरुले सीमावर्ती क्षेत्रमा सांसदहरू असुरक्षित हुने भएकोले राजधानी सार्नुपर्ने उनको तर्क गर्ने थालेका छन । १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योग वाणिज्य संघको ५ करोडको भवन सहितका संरचना प्रदेश सभालाई दिने इटहरी उद्योग बाणिज्य संघले दिने तयारी गरेको छ । उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्टले प्रदेश सरकारको लागी भवन दिन तयार रहेको जनाए ।