पाँचथर । जिल्लाको फिदिम नगरपालिका–१२, का एक युवाले साइनोले काकी पर्ने २६ बर्षिया महिलालाई बलात्कार गरेका छन् । १९ बर्षिय सुमन केरुङले रातको समयमा कोठामा गई जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छिन् ।
उनका अनुसार राती ढोका खोलेर आएका सुमनले मोबाइलमा रहेको फोटो देखाउने बहाना गरेर जबरजस्ती करणी गरेका हुन् । बलात्कार गरेपछि फरार रहेका केरुङलाई पीडित महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव निरिक्षक विष्णु खड्काले जानकारी दिएका छन् ।
महिलामाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ त्यस्तै महिलामाथि अभद्र व्यवहार गर्ने दुई जनालाई पनि पक्राउ गरिएको खड्काले बताएका छन् । जिल्लाको फाल्गुनन्द गाउँपालिका–६, बस्ने २३ बर्षिय जीवन आङदेम्बेलाई सोही स्थान बस्ने २५ बर्षिया एक महिलालाई राती नौ बजे घरमा गइ गालिगलौज गरेको आरोपमा पक्राउ गरिएको हो । सामान्य बिबादमा २८ वर्षिय एक महिलालाई कुटपिट गर्ने हिलिहाङ गाउँपालिका–५, का सुजन बयलकोटीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । निज दुबै बिरुद्ध अभद्र व्यवहार मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव निरिक्षक खड्काले बताए ।