इटहरी / २०७२ साल असोज ३ गते जारी भएको संविधानले नेपाललाई ७ प्रदेशको व्यवस्था गरेको छ । चारवटा प्रदेश अझैपनि अंक कै भरमा चिनिन्छन । प्रदेश १ नम्बर, २ नम्बर, ३ नम्बर, ५ नम्बर प्रदेशले सरकार गठन भएको एक बर्ष बित्न लाग्दा पनि आफ्नो नाम र स्थायी राजधानी तोक्न नसकेको अवस्थामा इटहरीमा नागिरक समाजले नाम र राजधानीबारे बहस चलाएको छ ।

अहिलेसम्म तीन वटा प्रदेशले मात्र नाम र राजधानीको छिनोफानो गरेका छन् । नाम र राजधानी टुङगाउने कर्णाली पहिलो र गण्डकी दोस्रो र सुदुरपश्चिम तेश्राे  प्रदेश हो । वक्ताहरुले प्रदेश एकको नाम राख्ने विषयमा सरोकारवालाहरुले आआफ्नै धारणा प्रस्तुत गरेका छन । भूगोलका आधारमा कोशी र सगरमाथा नाम राख्नुपर्ने कुरा चर्चामा छ । त्यो सँगै किरात लिम्वुवान र किरात प्रदेशको नाम पनि चर्चामा छ । नागरिक समाज इटहरीले नामकरणका विषयमा गरेको कार्यक्रममा विश्लेषकहरु आआफ्नै धारणा प्रस्तुत गरे । राजधानीको विषयमा अवधारणापत्र प्रस्तुत गर्ने क्रममा भूगोलका ज्ञाता उमानाथ रिजालले एक नम्बर प्रदेशको नाम कोशी प्रदेश राख्नु पर्ने तर्क प्रस्तु गरे । धेरै बर्ष अघि देखि नेपाललाई प्रादेशिक विभाजन गर्दा पूर्व पश्चिमलाई कोशी राखेको भन्दै सबैलाई मान्य हुने नाम कोशी प्रदेश भएको तर्क प्रस्तुत गरेका थिए । पहिचानवादी अभियन्ता जनकऋषि राईले एक नम्बर प्रदेशको नाम किरात प्रदेश बनाउनु पर्ने धारणा प्रस्तुत गरे । किरात नाम जात नभएको तर्क दिदै राईले भने किरात इतिहास हो प्रदेश एकको नाम किरात प्रदेश हुनु पर्छ । उनले भने किरात शब्द नेपालको सस्कृति सँग मेल खाने भन्दै प्रदेश एकको नाम किरात प्रदेश राख्नु पर्ने बताए । उनले विभिन्न तथ्य सहित किरात प्रदेश उचित हुने दावी उनको थियो । अध्यता मोहन तिम्सिनाले प्रदेशको नाम चोमोलुङ्वा हुनु पर्ने बताए । चोमोलुङ्वा सगमाथाको नाम हो । सुनसरीका सत्यनारायण माझीले प्रदेश एकको नाम सगरमाथा राख्नु पर्ने धारणा प्रस्तुत गरे । प्रदेश एकको मात्र नभई संसारकै अग्लो सगरमाथालाई प्रदेशको नामकरण गर्नु पर्ने तर्कमा धेरै उपस्थितले ताली बजाए । एक नम्बर प्रदेशको नाम सगरमाथा राखे सबै जातजातीलाई समेत मान्य हुने उनको भनाई थियो । विदेशी मुद्रा आर्यआर्जन गर्ने मुख्य श्रोत सगरमाथालाई राजधानी बनाउँन सकिनको धारणा प्रस्तुत गरेका थिए । त्यस्तै विजय लुम्फुङवा लिम्बुले एक नम्बर प्रदेशको नाम किरात– लिम्बुवान राख्नु पर्ने बताएका थिए । अरुणपूर्व लिम्वुवान ऐतिहासीक भौगोलिक क्षेत्रगत आधार भएको तर्क गदै लिम्बुले गोर्खा राजा देखि शाहवंश सम्मले पल्ले किरात लिम्बुवान भनेर उल्लेख गरेको तथ्य सहित लिम्बुले भने सबै हिसावले किरात लिम्बुवान बनाउँनु उपयुक्त हुन्छ । खोटाङको प्रदेश सांसद राजन राईले प्रदेशको राजधानी इटहरी हुनु पर्ने भन्दै सगरमाथा किरात प्रदेश हुनु पर्ने तर्क गरे । सोलुखुम्वुका सांसद उत्तम वस्नेतले नाम सबैलाई मान्य हुने राख्नु पर्ने तर्क गदै राजधानी इटहरीको विकल्प नरहेको बताए । त्यस्तै सांसद उमिदा विश्वकर्माले पहिचान सहितको नामकरण हुनु पर्ने बताईन । एक नम्बर प्रदेशको उपसभामुख सरस्वती पोखरेल नामको विषयमा वहसा हुदा आफुलाई संसदमा विषय प्रदेश गर्ने सजिलो हुने बताईन । अहिले उठिरहेकै नाम मध्येबाट नामकरण हुने उनको भनाई थियो । कार्यक्रममा प्रदेश सांसदहरुको उपस्थित रहेको नागरिक समाज इटहरीका महासचिब राजु केसीले बताए ।