अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आइतबार उपलब्ध खसोग्गीको हत्यामा दिइएको चरम यातनाबारे श्रब्यसामग्रीबारे आफुले जानकारी लिएको तर आफुले उक्त सामग्री सुन्नै नसक्ने बताएका छन् । 

यो कसैलाई यातना दिइएको टेप गरिएको श्रब्य सामग्री हो । यो कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकोले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठीन मानेको राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा बताएका छन् । 
श्रब्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयङ्करका भएको उनको कथन थियो । आफुलाई सुनाउन खोजिएपनि उक्त सामग्री पूरा सुन्न नसकेको उनले प्रष्ट पारे ।(रासस/एएफपी)