जिरोपोइन्ट (ब्लाष्ट) असोज १२ गतेदेखि धरान उपमहानगरपालिका प्रमुख प्रशसकीय अधिकृत नहुदा लेखाको सम्पुर्ण काम रोकिएको छ । आर्थिक क्षेत्रको महत्वपुर्ण सिफारीस पनि रोकिएको सेवाग्राहीले बताएका छन् । प्रशासकीय अधिकृतको अभावमा नगरले गर्ने दैनिक कामकाज र आर्थिक कामकाजमा समेत समस्या देखिएको छ । प्रसासकीय अधिकृत नहुँदा निमित्त कार्यकारीलाई आर्थिक कारोबारको अधिकार नभएकोले अहिले नगरमा हुने कुनैप नि प्रकारको आर्थिक कारोबार नभएको वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले बताए ।
नगरमा हुने जुनसुकै आर्थिक कारोबारका लागि अनिवार्य रूपमा प्रसासकीय अधिकृतको हस्ताक्षर आवश्यक भएकोले कुनै पनि आयोजनाका लागि आर्थिक कारोबार नभएको वरिष्ठ लेखा अधिकृत अधिकारीले बताए ।
विभिन्न ठेक्कापट्टा स्विकृत गर्ने, ठेक्का निकाल्न स्टिमेट स्विकृत गर्नेदेखि लिएर सुचना प्रकासन गर्ने जस्ता सबै कार्यहरूको निर्णय नभएर रोकिएको बताइएको छ । अहिले अम्दानी गर्ने पाटो पनि रोकिएको छ । ढुङ्गा गिटि बिक्रीका लागि खोलाको ठेक्काको सुचना निकालिएकोमा त्यहि अनुसार ठेकेदार छनौट भईसकेको थियो तर प्रसासकीय अधिकृत नहुदा निर्णय गरी स्विकृत गर्न नपाएकोले ढुङ्गा गिटिबाट हुने आम्दानी रोकिएको छ । आम्दानीको पाटो मात्र नभएर काम ढिला हुने भएकोले ठेकेदारले समयभन्दा ढिलो भयो भनेर मैले गर्न सक्दिन भनि माग गर्ने बेला भईसकेकोअधिकारीले बताए । कर्मचारीको तलब र भत्ता समेत रोकिने नगरका प्रवक्ता एवम् वडा नम्बर २० का वडाअध्यक्ष मणिराम राईले बताएका छन् । कार्तिक महिनासम्मको तलब भत्ता तिहार भन्दा अघि नै कर्मचारीलाई दिईएकोले हाल नै तलब भत्तामा समस्या भने नभएको वरिष्ठ लेखा अधिकृत अधिकारी बताउछन् । तर प्रसासकीय अधिकृत मंसिरसम्म पनि नभएमा कर्मचारीको तलब भत्ता रोकिने उनले बताए ।