धरान / सुनसरीको धरान उपमहानगरपालिकासहित जिल्लाका १२ वटै स्थानीय तहका कर्मचारीहरु कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएका छन् । धरान उपमहानगरमा कार्यरत कर्मचारीहरुले आइृतबार पत्रकारसम्मेलन गरि भोलीदेखि काम नगर्ने जनाउका छन् । सुनसरी सदरमुकाममा रहेको इनरुवा नगरपालिकाका कर्मचारीहरुले नगरप्रमुख राजन मेहतालाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा उत्रिएको जानकारी दिएका छन् ।

नेपाल नगरपालिका स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य मनोज खड्का नेतृत्वको टोलीले नगर प्रमुख समक्ष ज्ञापन बुझाएको छ ।

स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा आवद्ध कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै विरोधमा उत्रिनु परेको धत्ररान उपमहानगरका प्रशासकीय अधिकृत खगेन्द्रपूाद खतिवडाले जानकारी दिए ।

स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामति कर्मचारीहरुलाई मात्रै प्रोत्साहन गर्ने काम गरेको भन्दै स्थानीय तहमा कार्यरत अन्य तह र तप्काका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

यसैगरी सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत कर्मचारीहरुले समेत समायोजन अध्यादेशको विरोध जनाएका छन् । सन्तोषकुमार बन्जाराका अनुसार कर्मचारी समायोजन अध्यादेशले कर्मचारीबीच फाटो उत्पन्न गराउने काम गरेको र विभेद भएको भन्दै निर्णय सच्याउदै समान सेवा सुविधा र बन्दोवस्ती मिलाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको बताए । सुनसरीको गढी गाउँपालिकाका कर्मचारीहरुले समेत आन्दोलनमा उत्रिएका जनाएकाछन् ।

प्रमुख प्रशासकीय अधिकृत र लेखाअधिकृत बाहेकका स्थानीय तहका सबै कर्मचारी समायोजन अध्यादेश विरुद्ध आन्दोलनमा उत्रिएका हुन । सुनसरीका सबै स्थानीय तहमा कर्मचारीले आन्दोलन घोषणा गरेपछि कार्यालयको कामकाज प्रभावित हुने देखिएको छ । केन्द्रीत तालिका अनुरुप आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले कालोपट्टी बाँधी काम गर्ने देखि कार्यालय ठप्प पार्ने सम्मका विरोधका कार्यक्रम तय गरेका छन् । उनीहरुले विभिन्न चरणबद्ध आन्दोलनका कायृक्रमहरु पनि घोषणा गरेका छन् ।