धरान /  आगामी पौष १४ गते धरानमा आयोजना हुने नेपाल आइस मिस पूर्वान्चलको मुख्य सब टाइटल मिस इन्टलेक्चुअल चयन भएको छ ।
बराह कम्प्लेक्सको बराह किचेनमा मंगलबार छनौट गरिएको हो । उक्त छनोट कार्यक्रममा बराह ग्रुपका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे , सिजी फुड्सका म्यानेजर मनु शंकर , पेप्सी डिलर सगुन ट्रेडर्सका एम डी सुस्मन श्रेष्ठ , फेसन डिजाइनर मुनु मिभक ,नेपाल पत्रकार महासंघका सभापति अमर खड्का , मिस पूर्वान्चल २०१७ कि फर्स्ट रनर अप सिम्रन श्रेष्ठलगायतको निर्णायक समिति रहेको थियो । प्रतियोगीहरुको प्रश्नउतर शैली , टेबल म्यानर , भेषभुषा , आउट नलेजलगायतको पर्तिभाको आधारमा मिस इन्टलेक्चुअल छनोट गरिएको सिल्भर इन्टर टेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।