श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २२ गते आइतबार, ६ जनवरी २०१९ । पौष शुक्लपक्षको प्रतिपदा तिथि अहोरात्र ६०ः०० उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वषाढा १७ः२२ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । महिला मित्रको सहयोगमा कार्य व्यवसायको शुभारम्भ होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा पदोन्नती हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित मान सम्मान मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा रुची बढ्नेछ । रमणिय स्थान भ्रमण गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय नहोला भन्न सकिन्न । हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अस्वस्थ्य रहला । कार्य व्यसायमा विघ्न वाधाहरु आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । साथीभाइको साथ र समर्थन प्राप्त भइरहला । रमणिय स्थानको यात्रा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । चोटपटक तथा दुर्घटनाको भय होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक यात्रा गर्ने सुवर्ण अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्रँप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कारमा दिन वित्ला ।