श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २५ गते बुधबार, ९ जनवरी २०१९ । पौष शुक्लपक्षको तृतीया तिथि १२ः१२ बजेसम्म उप्रान्त चतुर्थी, नक्षत्र धनिष्ठा २४ः५४ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२३ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । पारिवारिक जविनमा सुख सन्तोष छाउला । नँया कामको शुभारम्भ होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नँया ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा विशेष लाभ मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय मध्यमखालको छ । शिर तथा नशा सम्बनिध समस्याले निकै सताउला । सानो कामको लागि ठू्रलै धनराशि खर्च होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा गर्ने अवसर मिल्ला । परिवारको सहयोगमा नँया कार्यको शुभारम्भ होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चाँदी तथा औजार सम्बन्धि काममा विशेष लाभ मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कार दिन वित्ला ।