मधुमल्ला/ देशकै सुगम मोरङको जिल्ला कै कर्णालीको रुपमा परिचित हुदै आएको मिक्लाजुङ गाउँपालिका वडा नं. १ को रमितेलाई कृषि पकेट क्षेत्रको रुपमा अघि सारिने भएको छ ।

मिक्लाजाजुङ गाउँपालिकाले वडा नं. १ लाई कृषि क्षेत्रको रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देबीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले मिक्लाजुङ-१ रमितेका १ सय २४ परिवारलाई १२ हजार कफीका विरुवा वितरण गरेको छ ।

त्यस्तै, १० हजार रुद्राक्षका विरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरिद गरी ल्याइएका १० हजार विरुवा वडा नं. १ का उपभोक्ताहरुलाई वितरण गरिने वडा नं. १ का अध्यक्ष नरवहादुर राई (जीवन) ले जानकारी दिए ।

मिक्लाजुङ गाउँपालिकाको १ लाख ५० हजार, प्रदेश नं. १ सरकारबाट १ लाख ५० हजार र स्थानीयबाट ३ लाख रुपैयाँ लगानीमा रुद्राक्षको विरुवा खरिद गरिएको जनाइएको छ ।

पहिलो चरणमा १० हजार विरुवा वडा नं. १ मा वितरण गर्ने र सम्भावनाको आधारमा अन्य वडाहरुमा पनि वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

उक्त क्षेत्रमा अलैची, अम्लिसो, अदुवा, ओेलन, लगायतका प्रमुख नगदेवाली साग सब्जी उत्पादन हुने गरेको छ । प्रदेश नं. १ का १६ जिल्ला देख्न सकिने मिक्लाजुंग डाँडा, रमणीय वातावरण तथा धार्मिक क्षेत्रमा समेत उत्तिकै महत्व बोकेको यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

रमितेकै मुहार फेर्नका लागि कृषि तथा पर्यटनको सम्भावना हुँदा हुँदै पनि राज्यस्तरबाट भने कमै उपस्थिति हुने गरेको स्थानीय बताउँछन् । रमिते पुग्ने सडक हिउँदको समयमा सञ्चालनमा आएपनि वर्षायाममा पहिरो तथा हिलाम्मे हुँदा स्थानीयले बर्सेनी सास्ती खेप्दै आएका छन् ।

सामान्यतः वर्षा हुनेवित्तिकै पहिरो जाँदा सडक अवरूद्ध हुने गरेको स्थानीय पर्वत राई बताउँछन् । पूर्वपश्चिम राजमार्गको उर्लाबारी किसानचौकबाट २८ किलोमिटर उत्तरमा अवस्थित रमिते पुग्न दुईवटा मार्ग रहेका छन् ।

मंगलबारे हुँदै साम्लिङ रमितेखोलादेखि मिक्लाजुङ र किसानचौक टाँडी हुँदै रमिते मिक्लाजुङ जोड्ने सडक छ । किसानचौक टाँडी हुँदै रमिते सडक कालोपत्रे हुने भएपछि स्थानीय जनता विकासको आशामा छन् ।

रमितेकै ओखलढुंगामा राष्टिूय प्रसारणको विद्युत जडान गरिएको जनाइएको छ । यो संगै प्रदेश सरकारले समेत मख्य प्राथमिकतामा राखेर मिक्लाजुङ डाँडामा केवलकारको आावधारण अगाडी बढाएको मोरङ क्षेत्र नं. १ का प्रदेश संसद कुल प्रसाद साम्बाले बताए ।

मिक्लाजुङको १ नं. वडा ओलढुङ्गाबाट नै प्याराग्लाइडीङको समेत सफल परिक्षण सम्पन्न भएको र नागरिक उढ्यान मन्त्रालयमा अनुमती माग गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्य बताउँछन ।

यि दुई योजना अघिबढे पुवी नेपालको कृर्षीसँगसँगै पर्यटन प्रर्वधनमा प्रदेश नं. १ को प्रमुख केन्द्र बन्ने मिक्लाजुङ गा.पा. वडा नं. १ का वडाध्यक्ष नरबहादुर राई (जिवन)ले बताए ।