श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ माघ १२ गते शनिबार, २६ जनवरी २०१९ । माघ कृष्णपक्षको षष्ठी तिथि २२ः२५ बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र हस्त २१ः४ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपार्ल । अनावश्यक कामको झन्झटमा फसिन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा मन जानेछ । नसोचेको टाढाबाट राम्रो सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि तथा पशुचौपायदिको व्यापार व्यवसायमा सक्रिय भइएला । मातृपक्षको विशेष सहयोग प्राप्त भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापन भन्दा मनोरञ्जनात्मक कार्यक्रममा सक्रिय भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा वाहन खरिद होला । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा मामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । स्वास्थ्य समस्याले निकै साताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमणिय स्थान भ्रमण गर्ने अवसर मिल्ला ।