जिरोपोईन्ट/ धरानको अमान बजारमा यहि फागुन ७ गतेदेखि ११ गतेसम्म तेस्रो प्रदेश नम्बर १ स्तरीय पुष्प व्यापार मेला २०७५ हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला कार्य समिति सुनसरीले सोमबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो पुष्प व्यापार मेला हुन लागेको जानकारी गराएको छ ।

“घर आगन होस या सडक किनारा, रोपि स्वदेशी फुल बिरूवा बनाउँ प्रदेश हराभरा” भन्ने मुल नाराका साथ आयोजना हुने उक्त व्यापार मेलामा १ अफिसियल स्टल, १ प्रतिष्पर्धात्मक स्टल र ३० वटा व्यावसायिक स्टल रहने बताईएको छ ।

मेलामा मौषमि, सदाबहार लगायत ४ सय प्रजातिका फलफुलको प्रदर्शनी रहने मेलाका सम्योजक प्रेमप्रसाद पराजुलीले बताएका छन् । उनले ३० हजारभन्दा बढिले अवलोकन गर्ने मेलामा यस वर्ष ५० लाखको व्यावसायिक कारोबार हुने अनुमान गरीएको बताएका छन् ।

यस वर्ष मेलामा प्रदेश नम्बर १ को ५ वटा जिल्लाका पुष्प व्यावसायिको उपस्थिति रहनेछ । विशेष गरी पुष्प मेलामा धरानका सम्पुर्ण विद्यालयसंग सहकार्य गरी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा फलफुलको विषयमा जानकारी गराईने समेत बताईएको छ ।