धरान । समूह ‘ए’ को विजेता बनेको नेपालले पाँचौं महिला साफ च्याम्पियनसिपमा श्रीलङ्कामाथि शानदार जीत दर्ता गर्दै उपाधि होडमा उत्रिएको छ ।
विराटनगरको शहीद रङ्गशालामा बुधबारको सेमिफाइलन भिडन्तमा श्रीलङ्कालाई ४–० को स्पष्ट जीत निकालेको हो । घरेलु मैदानमा नेपालका लागि पुनम जर्घामगर, अनिता बस्नेत, रेखा पौडेल र सावित्रा भण्डारीले एक–एक गोल गरे ।
पहिलो हाफको अन्तिम तेस्रो मिनेटमा नेपालले अग्रता कायम ग¥यो । दोस्रो हाफ भने नेपालले आफ्नो पक्षमा पारेको थियो । नेपालका खेलाडीले श्रीलङ्काका रक्षापंक्ति र गोलरक्षकलाई चीर्दै गोल गर्ने अवसरहरू बुने । रक्षात्मक खेल प्रस्तुत गरेको श्रीलङ्कामाथि पुनम जर्घा मगरले पहिलो हाफको ४२ औं मिनेटमा गोल गरिन् ।
दोस्रो हाफको ७३ औं मिनेटमा अर्को गोलको अवसर बनाउँदै अग्रता दोब्बर पारे । जसमा अनिता बस्नेतले जाली चुमाइन् । ८२ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै अग्रता तेब्बर बनाइन् । अन्तिम मिनेटमा रेखा पौडेलले गोल गर्दै स्पष्ट जीत दर्ता गरेकी हुन् ।
नेपालले अब बुधबारै हुने दोस्रो खेलका विजेतासँग उपाधिका लागि भिडन्त गर्ने छ । दोस्रो खेल भारत र बङ्गलादेशबीच अपरान्ह ३ बजे हुँदै छ ।