विराटनगर । मोरङको केराबारी गाउँपालिकामा रहेको लाटीझोडा साझेदारी वनको सब डिभिजन प्रमुख सलाउदिन अन्सारी ३५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
इटहरीबाट विराटनगर पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार दिउँसो सब डिभिजन प्रमुख अन्सारीलाई रंगेहात पक्राउ परेका हुन् । सेवाग्राहीसँग सब डिभिजन प्रमुख अन्सारीले ३५ हजार घुस लिए लगत्तै अख्तियारको टोलीले उनलाई विराटनगरमा रहेको डिभिजन वन कार्यालय मोरङको परिसर भित्रबाट नियन्त्रणमा लिएको हो ।
सामुदायिका वनको समिति र उपभोक्तासँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी डिल्ली नारयण पाण्डेको टोलीले सब डिभिजन प्रमुख अन्सारीलाई नियन्त्रणमा लिएको हो । घुस प्रकरणको विषयमा थप अनुसन्धान भइरहेको अख्तियारको टोलीले बताएको छ ।