सप्तरी / एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिएका छन् ।
१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान गरेको थियोृ । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पाइएको थियो । जिल्ला परीक्षा समितिले आफुहरुबाट पछिल्लो दिनको प्रश्न पत्र आउट नहुने नभन्दैं पत्रकार सम्मेलन गरेका थिए ।