धरान । पहाडी क्षेत्रबाट आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटना भएको छ ।

बसमा च्यापिएर २ जनाकाे मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे छ । घाइते कति छन् भन्ने विषयमा हालसम्म यकिन हुन नसकेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । 

घाइतेहरूलार्इ बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने काम भइरहेकाे  डिएसपी तिम्सिनाले जानकारी दिए । स्थानीयकाे भनाइ उधृत गर्दै पत्रकार वसन्त वान्तवाका अनुसार ब्रेक फेल भएर  दुर्घटना भएको हुन सक्छ ।

हालसम्म बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । चालकको साइटतर्फ नै दुर्घटना हुन पुगेको हो । 

aciident acc1