बेलबारी / स्थानीय तहमा गायन क्षेत्रमा रहेका प्रतिभाहरूको खोजी गरी प्रवद्र्धन गर्न श्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडल गर्ने भएको छ ।
समाजले शुक्रबार लालभित्तीमा पत्रकार सम्मेलन आयोजना गरि आइडलबारे जानकारी गराएको हो । बेलबारी आइडलको छनौट चरण तीन स्थानमा वैशाख १८ र २१ गते गर्ने कार्यक्रम संयोजक जेवी थुलुङले जानकारी दिए । छनौट चरण सकिएपछि उनीहरूलाई एक महिनाको सङ्गीत प्रशिक्षण दिएर फाइनल राउण्डमा सहभागी गराइने बताइएको छ ।

‘आउ गाउँ र पहिचान बनाउँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको बेलबारी आइडल बेलबारीको पहिलो कार्यक्रम हो । आइडलमा विजेतालाई दश हजार, उपविजेतालाई ७ हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा आयोजना गर्न लागिएको कार्यक्रमबाट स्थानीय प्रतिभाहरूको प्रवद्र्धन हुने समाजका अध्यक्ष हर्कमान तामाङले बताए ।