धरान / खेलकुदको राजधानी भनेर चिनिएको धरान उपमहानगरपालिकामा अन्तरराष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण हुने भएको छ ।
धरान १५ स्थित खोरिया बस्तीमा निर्माण हने क्रिकेट खेल मैदानको शुक्रबार वडा नं १५ का अध्यक्ष नरेश इवारम र खेलकुद विकास समिति संयोजक सुवास राईले शिलान्यास गरेका छन् ।
उक्त क्रिकेट मैदानका लागि प्रदेश सरकारले चाल् आर्थिक बर्षका लागि ५० लाख बजेट विनियोजन गरेको थियो । सम्भाव्यता अध्ययन गरि हिजो देखि निर्माण कार्य थालिएको हो । तेह्रथुम गृहजिल्ला भएका तत्कालिन माओवादी नेता भक्तराज कन्दङ्वाप्रति सम्मान दर्शाउदै उनको नाममा खेल मैदान निर्माण गर्न लागिएको बताइएको छ ।
मैदानलाई लेभलिङ गर्ने, माटो भर्ने काम शुरु भएको छ । शुरुमा हाल ३ वटा पिच निर्माण गरिदैं छ । । निर्माण समितिका अध्यक्ष श्रीप्रसाद बेघाले प्रदेश सरकारबाट आएको बजेटले असार १५ सम्म क्रिकेट खेल्न उपयुक्त हुने मैदान तयार गर्ने गरि काम तिव्र बनाइएको बताए ।