ताप्लेजुङ / ताप्लेजुङमा जारी तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीले वियजी सुरुवात गरेको छ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । पाँच जना राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले प्रदेश नं १ लाई २५–८, २५–१८ र २५–९ को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लवले प्रदेश नं ३ लाई पराजित गदैं नेपाल आर्मीले त्रिभुवन विश्वविद्यालयको टिमलाई स्तब्ध बनायो । एपिएफले प्रदेश नं ३ लाई २५–१६,२५–१५,२६–२४ तथा आर्मीले २५–१३,२५–१३ र २५–१५ को सोझो सेटमा विश्वविद्यालयलाई पराजित गरेको हो । गण्डकी प्रदेशले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । गण्डकीले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

क्षेत्रिय टिममा गण्डकी प्रदेशले मात्रै सुखद सुरुवात गरेको छ । गण्डाकीले प्रदेश नं २ लाई २५–१६,२५–१५ र २५–१६ को सेटमा हरायो । ‘पर्यटन प्रवद्र्धनका लागि भलिबल’ नारासहित जारी प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त र उपविजेताले १ लाख ७६ हजार २ सय ५१ नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजक जलजले युवा क्लवका अध्यक्ष दिवस चोङवाङले जानकारी दिए ।