धरान । प्रथम महिला बास्केटवल च्याम्पियनसिप सोमबारदेखि धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा शुरु भएको छ ।

प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । पहिलो दिनको खेलमा इमोर्टल, डिपो कलेज, होराइजन र स्ट्याग क्लब विजयी बनेका छन् । इमोल्र्टस क्लवले यलम्वर क्लबलाई ५१–१७ को फराकिलो अङ्कले पछि पार्दै जित हात पारेको हो । त्यस्तै डिपो कलेजले विष्णु स्कुललाई ३५–६, होराइजन क्लबले लोटस स्कुललाई १२–६ ले हराउँदै सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम खेलमा स्ट्याग क्लबले हात्तिसार कलेजलाई २७–१४ अङ्कले हराउँदै सेमिफाइलनमा पुगेको हो । सोमबारको खेलसँगै सेमिफाइलनको समीकरण पूरा भएको छ । महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता शुरु गरिएको आयोजक क्लब धरान बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगिता विजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी पाउने छ ।