लक्ष्मीमार्ग । मोरङको बेलबारीमा जारी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि होडमा मोरङ र झापा आमनेसामने भएका छन् ।
फाइलन आज हुँदै छ । मंगलबारको सेमिफाइलनमा मोरङले उदयपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरबाट नतिजा निस्किएको हो ।
मोरङका लागि इमा राईले दुई गोल गर्दा उदपुरका लागि चोमोलुङ्मा राई र मनिता तामाङले गोल गरे । त्यस्तै ताप्लेजुङलाई पनि टाइब्रेकरबाट ३–१ गेल अन्तरले हराउँदै झापा भाग्यमानी बनेको छ । निर्धारित सयमसम्म गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट नतिजा आएको हो । बेलबारीको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा प्रतियोगिता जारी छ ।