पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकाको पृथ्वी मावि खेलमैदान निर्माण हुने भएको छ । गत वर्ष गाउँपालिकाले ममर्त सम्भार गरेको खेलमैदानलाई प्रदेश सरकारले थप रकम बिनियोजन गरेको हो । प्रदेश सरकाले खेलमैदानको निर्माणको लागि ८५ लाख विनियोजन गरेपछि मर्मत सम्भारको काम सुरु भएको छ । उपभोक्ता समिति मार्फत खेलमैदान निर्माणको कामले गति लिएको छ ।

जिल्लाकाकै एक मात्र प्याराफिटसहितको खेलमैदान निर्माणको लागि स्थानीय तहले गत आर्थिक वर्षमा १७ लाखको लागतमा खेलमैदान प्याराफिट सहितको निर्माण गरेको थियो । ९ साईजको खेलमैदान निर्माण भएपछि ११ साईजको खेलमैदान निर्माणको लागि प्रदेश सरकारले बजेट बिनियोजन गरी योजनाको काम अघि बढेको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिए । उपभोक्ता समितिले ६५ मिटर चौडा र १ सय २० मिटर लम्बाई बराबरको काम गर्नु पर्ने उल्लेख गरेको छ । ११ साइजको खेलमैदान निर्माण गर्न स्थानीय सरकारले वर्षेनी बजेट छुट्याउँदै जाने चेम्जोङले जोड दिए । गाउँपालिका केन्द्रको खेलमैदानमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता हुदै आएको छ ।