काठमाडौं / यस बर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले हात पारेक्रीछन् । अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन्।
कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।
मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात परिन । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले जितिन्। ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन । यस्तै मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन्। २५ जना सहभागी मध्ये अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगे ।
हजिो साँझ किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको कार्यक्रममा दर्शकहरुले टिकट काटेर हेरेरका थिए ।
विधागत विजेताहरू
१ मिस फ्रेन्डसिपः न्यान्सी बोगटी
२ मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति

३ मिस ग्ल्यामरः रोज लामा
४ मिस फोटोजेनिकः रोज लामा
५ मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ
६ मिस न्याचुरल स्किनः जेनी महर्जन
७ मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी
८ मिस कन्फिडेन्टः निशा पाठक
९ मिस पपलुर च्वाइसः रिया बस्नेत
१० मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी
११ मिस फ्यासिनोः अनुष्का श्रेष्ठ
१२ ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य