रङ्गेली। प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताकालागी व्यक्तिगत आधारमा खेलाडी छनौट गरेको भन्दै मोरङका खेलाडीहरुले आपत्ति जनाएका छन् ।
छनौट प्रकृया नै पुरा नगरी खेलाडी बन्द प्रशिक्षको लागी छनौट गरेको भन्दै उनीहरुले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि उनीहरुले अन्यामा परेको बताएका थिए ।
क्षेत्रीय खेलकुद विकास समितिलाई दिएको कारणले छनौट नगरिकन व्यक्तिगत आधारमा खेलाडी छनौट गरेको क्रिकेट प्रेमि खेलाडी नारायण स्वर्णकार बताए । प्रशिक्षकले बन्द प्रशिक्षकोलागी सिधै आफ्नो क्लबका खेलाडीहरुलाई बोलाउने गरको उनले बताए । क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ विराटनगरका प्रशिक्षक प्रदिपराज पाण्डे हुन ।
व्यक्तिगत आधारमा खेलडी छनौट गर्दा नयाँ प्रतिभाहरुलाई असर पर्ने राष्ट्रिय खेलाडी काली चरण यादवले बताए । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जेष्ठ १ देखि २४ गते सम्म हुने प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगीतालागी मोरङमा छनौट प्रतियोगीता नगराइ सिधै खेलाडी छान्ने काम भएको आरोप लागाए ।
क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ का क्रिकेट प्रशिक्षक प्रदिप राज पाण्डेले खेलाडीलाई व्यक्तिगत रुपमा मेसेज पठाएर बोलाएको जिल्ला क्रिकेट संघका सदस्य अजय राजवंशिले बताए । राष्ट्रिय खेलकुद परिषदले चिठ्ठि पठाएर खेलाडी छनौट गराउनु पर्ने भए पनि त्यसो नगरेको उनले आरोप लागाए । क्षेत्रीय खेलकुद परिषद विराटनगरले बन्द प्रशिक्षणको जिम्मा प्रदिपराज पाण्डलाई दिएको छ ।
पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानले पनि प्रदिपराज पाण्डले व्यक्तिगत रुपमा मोरङका खेलाडी बोलाएर बन्द प्रशिक्षणमा लागेको बताए । उनले खेलाडीको भबिष्यमाथिनै खेलवाड गर्नेकाम बन्द गर्नु पर्ने बताए । अहिलेको प्रक्रिायालाई तत्काल सच्याएर जानुपर्ने औल्याए ।
यस विषयमा प्रशिक्षक प्रदिपराज पाण्डेले आफु कर्मचारी भएकोले खेलकुद विकास समितिले लाए आराएको गर्ने भन्दै पन्छिएका छन् । उनले खेलकुद विकास समितिले भनेको गर्नु आफ्नो दायीत्व भएको बताए । उनले आफ्नो भारी खेलकुद विकास समितिमा पन्छाएर चोखिने प्रयास गरे । यता क्षेत्रीय खेलकुद विकास मितिका प्रदेश १ का अध्यक्ष रविन नगरकोटीले राष्ट्रिय खेलकुद परिषदले कुनै पत्र नपठाएकोले आफुलाई कुनै जानकारी नभएको भन्दै पन्छिए ।
खेलाडीहरुको बन्द प्रशिक्षण दुइ दिन देखि सुनसरीको इनरुवामा भइरहेको छ । बन्द प्रशिक्षण दुइदिन सम्म चल्ने छ । बन्द प्रशिक्षणमा २६ जना खेलाडी रहेको पिडीत खेलाडीहरुले बताएका छन् । उनीहरुका अनुसार मोरङबाट ११ जना खेलाडीलाई सहभागि गराइएको छ ।