धनकुटा / मोरङको विन्ध्यावासिनी क्लव मोरङ्ग धनकुटामा जारि १४ औं सहिद भीमनारायण गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शनिवार सम्पन्न उद्घाटन खेलमा छिमेकी देश भारतको रोयल फुटवल क्लवलाई सडेन डेथमा एक शुन्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयभित्र दुवै टिमको गोल हुन नसके पछि खेल ट्राइव्रेकरमा धकेलिएको थियो ।
ट्राइवे्रकरमा पनि दुई टिमको ५–५ गोल भएपछि सडनडेथमा पुगेको थियो । सडनडेथमा मोरङका कप्तान अशोक खवासले गोल गरे भने रोयल एफसीका प्रतिक लामाको प्रहार मोरङका गोलकिपर सूर्य अधिकारीले रोकेका थिए । अधिकारीले खेलको म्याद अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पारे । ट्राइव्रेकरमा मोरङको तर्फवाट एलेक्स, डाडी, सुसिल राई, विनोद केसी र तिर्थ वस्नेतले गोल गरेका थिए भने पराजित भारतको रोयल एफसीको तर्फवाट सोनम भुटिया, आशिष देवान, प्रशान्त राई, क्रीस लगायतले गोल गरेका थिए ।
भोलीको खेल आयोजक धनकुटा ११ र गत संस्करणको उपविजेता विर्तामोड युनाईटेड क्लव झापा वीच हुने आयोजक समितिका महासचिव रोशन श्रेष्ठले बताए । १४ औं संस्करणको विजेताले नगद ४ लाख र ट्रफि, उपविजेताले २ लाख र ट्रफि पाउनेछन् । प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले गरेका थिए ।