भद्रपुर । गोर्खा नेपाल जनुमक्ति मोर्चाले कनकाई नदीको पुल नजिकै प्रेसर कुकर बम राखेको खुलेको छ। प्रेसर कुकर बम नजिकै मोर्चाले राखेको पर्चा फेला परेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोर्चाको पर्चामा सुगौली सन्धि मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगीकृत नागरिकता फिर्ता, संघीयता खारेज गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, निशुल्क शिक्षा र उपचारसहितको माग उल्लेख गरिएको छ। मोर्चाले नै बम राखेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आइतबार बिहान ५ बजे मर्निङवाकमा निस्किएका मानिसले कनकाई नगरपालिका २ स्थित कनकाई पुल नजिकै बोराले बेरिएको प्रेसर कुकर बम देखिएको भनेर प्रहरीलाई खबर गरेका थिए। मेचीनगरस्थित श्रीनाथगण चारआलीबाट आएको नेपाली सेनाले प्रेसर कुकुर बमलाई नदीमा लगेर बिहान ८:३० मिनेटमा डिस्पोज गराएको श्रेष्ठले जानकारी दिए। कनकाई पुल नजिकै राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँबाट हटाएपछि बिहान ५ बजेदेखि बन्द रहेको पूर्व पश्चिम राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ।

59907513_358642764770613_4491483464498937856_n