पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका  १० मा रहेकाे पूर्व पश्चिम राजमार्गदेखि करीब १ किलोमिटर उत्तर पशुपति सामुदायिक बनमा  एक व्यक्तीकाे शव सड्न लागेकाे अवस्थामा भेटिएकाे छ ।

सामुदायिक बन क्षेत्रको बाघे सिमसार भन्ने ठाउँमा च्याउ खोज्न जङ्गल जानेहरुले  उक्त शव देखेका थिए । रुखमा डोरी बाँधिएको र मृतकको घाँटीमा पनि डोरी रहेको अवस्थामा शव देखेपछी उहीरूले सोही वडाका अध्यक्षलाइ जानकारी गराएका थिए । 

वडाअध्यक्ष  सागर राइले  प्रहरीलाइ खवर गरेका थिए ।   स्थानीय  राजेश धिमालले  बाबुकाे शव भएकाे भन्दैं जिम्मा लिएका छन् ।

उनी गत शुक्रबारदेखी हराइरहेकाे राजेशले बताए ।  प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएकाे र शव पोष्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।