इटहरी । नेपाल सरकारले मिडियालाई अंकुश लगाउन काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियन सुनसरीले इटहरीमा सडक प्रदर्शन गरेको छ । विधेयक तत्काल फिर्ता गर्ने माग गदै प्रेस युनियन सुनसरीले अनौठो आन्दोलन गरेको हो ।

बोल्न र खेल्न नदिने विधेयक ल्याएको भन्दै मुखमा कालो पट्टी र एक खुट्टा उचालेर इटहरी चौकमाआन्दोलन गरेको हो । सरकारले बोल्न र हिड्न समेत नदिने नियम लगाउन खोजेको भन्दै सरकारले अपाङ्ग बनाउन खोजेको आरोप लगाएका थिए । हिड्न बोल्न र लेख्ने विषयमा सरकारले विरोध गरेको भन्दै यसरी आन्दोलन गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जनाए ।

प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानको मुलमर्म बिपरित तथाअन्तराष्ट्रिय अभ्यासको समेत बिपरित हुने किसिमले ल्याउने कुनैपनि कानुन पत्रकारलाई मान्य नहुने पत्रकारहरुले बताएका हुन । उनीहरुले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै शशक्त आन्दोलनको कार्यक्रम गर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीकाअध्यक्ष अमर खड्का लगायतको समेत उपस्थित रहेको थियो ।