बलिउड अभिनेत्री आलिया भट्ट ‘सडक २’ को सुटिङको तयारीमा रहेकी छन् । उनी आफ्नै पिता महेश भट्टको निर्देशनमा पहिलोपटक अभिनय गर्न लागेकी हुन् ।
फिल्म कलङ्कको असफलता र सडकको ऐतिहासिक महत्वका कारण यो फिल्म आलियाका लागि विशेष छ । २८ वर्षअघि सुपरहिट भएको रोमान्टिक फिल्म ‘सडक’ को सिक्वेल सडक २ मार्फत् आलिया काम गर्दैछिन् । फिल्ममा आलियाका साथै आदित्य रोय कपुर, सञ्जय दत्त र पूजा भट्टले पनि अभिनय गर्नेछन् ।
सन् १९९१ मा बनेको फिल्म सडकमा आलियाकी दिदी पूजा र सञ्जयले मुख्य भूमिका निर्वाह गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सर्वसाधारणलाई झुक्याएर आश्रम चलाउने नक्कली गुरुको चरित्र उदाङ्गो पार्ने भूमिकामा आलिया छिन् ।