धरान  / धरान उपमहानगरले खेलकुदलाई विशेष प्राथमिकता दिएको उपमहनगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले बताएकी छन् । उनले खेलकुदलाई प्रोत्साहन गर्न बर्षखेलाडी घोषणा गर्न थालिएको बताउदैं विधिन्न खेलको बन्द प्रशिक्षण अव उपमहानगरले गर्ने बताइन ।
शनिवार बास्केटवल ट्रेनिङ्ग क्याम्पको समापन गदैं मयर भण्डारीले यस्तो बताएकी हुन ।
नवौ राष्ट्रिय प्रतियोगिता लागि तयारी स्वरुप विभिन्न खेल विद्यामा धरानका खेलाडीहरुलाई यसै वर्ष देखि वन्द प्रशिक्षण व्यवस्था गरिने धरान उपमहानरपालिका खेलकुद विकास समिति अध्यक्ष सुवास राईले बताए । ।
उनले धरान वास्केटवल संघको आयोजनामा आयोजित चौथो ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्पको समापन कार्यक्रममा शनिवार मन्तव्यको क्रममा सो कुरा बताएका हुन ।
दुई वर्ष पछि प्रदेश ४ मा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम धरानका खेलाडीलाई समावेस गराउने तथा उपाधि विजेता वनाउने उपमहानगरको नीति भएको उनले बताए ।
वास्केटवल खेल विकास तथा उत्पादन गर्ने उद्धेश्यले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको ट्रेनिङ्ग क्याम्पमा धरान भरिका ११ वटा विद्यायलवाट ४१ जना विद्यार्थीहरुले सहभागिता जनाएको जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदिले जनाए । सहभागी विद्यायलयहरुमा डिपोट स्कुल, लोटस, विष्णु मेमोरियल, सुम्निमा स्कुल, पदम मेमोरियल, सियोन स्कुल, नवज्योति सकुल, जुनियर पायनोर, आइडल स्कुल, पर्वत स्कुल र श्री निम्न मावि स्कुल रहेको बास्केटल प्रशिक्षक विकास राईले बताए ।
सहभागि विद्यार्थीहरु मध्येवाट उत्कृष्ट विद्यार्थीहरुलाई डिपो स्कुल, एम्स एकेडेमि, सगरमाथा एसडी कलेज र युरेका स्कुलको सहकार्य गर्दैै छात्रवृतीका लागि सिफारिस गरिने नेपाल बास्केटवल संघका उपाध्यक्ष सुरजकुमार लामाले जनाए ।
समापन कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र र प्रदेश १ महिला खेलाडी आस्था राई, प्रिति राई र प्रनिसा ओझालाई मायाको चिनो वितरण गरिएको थियो । सहभागी विद्यार्थी मध्येवाट उदयमान खेलाडी घोषित कुशलता राई र युरेका राईलाई पुरस्कार स्वरुप वल र टिसर्ट प्रदान गरेको छ । कार्यक्रममा विशेष अतिथि धरान १८ वडाध्यक्ष प्रविण राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, अग्रज बास्केटवल खेलाडी सुजनमान श्रेष्ठ, युवा व्यवसायी सम्राट श्रेष्ठ, युवा नेता दिपक बनेपालीलगायतको उपस्थिति रहेको थियो ।