मिस नेपाल २०११ विजेता धरानकी मलिना जोशी फिल्मकी अभिनेत्री पनि हुन् ।
फिल्म ‘ऋतु’ मार्फत् डेब्यु गरेकी मलिनाको फिल्मबाट त खासै चर्चा कमाउन सकिनन् । तर पछिल्लो समय प्रेमसम्बन्ध र बिछोडका कुराले भने उनको चर्चा हुने गरेको छ ।
हाल मलिनाको आफ्नै जिम ट्रेनर सुशान्त प्रधानसँग प्रेमसम्बन्ध रहेको चर्चा फिल्मीजगत्मा चलेको छ । युट्युबमार्फत् भ्लगसमेत गर्दै आएका सुशान्तसँग लगातार देखिन थालेदेखि नै उनीहरूको प्रेमसम्बन्धको चर्चा शुरु भएको थियो । हालै उनीहरूले थाइल्याण्ड भ्रमण गरेका भिडियोहरू र सँगै समय बिताएका तस्बिरहरू सार्वजनिक भएपछि उनीहरूको प्रेम फिल्मीजगत्मा फैलिएको हो ।
पहिला मलिना र अभिनेता अनुपविक्रम शाहीको प्रेमसम्बन्ध चर्चामा थियो । उनीहरूको प्रेम सामाजिक सञ्जालदेखि मिडियासम्म छरपष्ट थिए । तर सम्बन्ध लामो समय टिक्न सकेन । अनुपसँग बिछोड भएपछि पनि उनको नाम विभिन्न व्यक्तिसँग जोडिँदै आएको हो ।

अनुपपछि मलिनाको नाम फिल्म ‘रानी’ मा एकसाथ काम गरेका शारुक ताम्राकारसँग पनि जोडियो । तर पछि शारुक र मलिना दुवैले प्रेमसम्बन्ध नरहेको बताएका थिए । जे होस् फिल्ममा चर्चा नभए पनि मलिनाको प्रेम चर्चा भने निरन्तर छ ।